Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा दुई सय किशोरीले लिए महिनावारी सम्बन्धि प्रशिक्षण

वीरगन्ज,२६असाेज: वीरगन्जमा दुई सय जना किशोरीहरुलाई रजश्वला(महिनावारी ) सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिईएकाे छ।

वीरगन्जको त्रिजुद्ध माविको सभाहलमा शुक्रबार सानवी फाउन्डेसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा किशोरीहरुलाई महिनावारी सम्बन्धी प्रशिक्षण दिइएको हाे ।

सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु कुमारीको अध्यक्षतामा तथा महिला तथा प्रसुती रोग विषेशज्ञ डा. किर्ती अग्रवालको प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा किशोरीहरुलाई प्रोजेक्टर तथा अभ्यासकाे माध्यमले महिनावारी सम्बन्धी प्रशिक्षण दिइएको संयोजक सरोज पटेलले जानकारी दिए।

उक्त कार्यक्रममै विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाको लागि सेनेटरी प्याड सहित प्याड बक्स विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्र लाई हस्तान्तरण पनि गरिएको थियाे।

कार्यक्रममा संस्थाका संस्थापक विवेक कुमार झा, संयोजक मालबिन्दर कौर, प्रवक्ता विक्की राज पटेल, सचिव अमित कुमार शाह, सहसचिव सशांक कुमार सिंह, प्रशासन प्रमुख प्रेरणा श्रीवास्तव, अञ्जली पटेल,अंकित चौधरी, निर्मल मिश्र, रतनेश मिश्र, विवेक साह, आविदा खातुन, सिवानी गुप्ता, सोफिया खातुन, अस्मिता भुजेल, सुरज कुशवाहा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण खुशी कुमारी रौनियारले गरेकी थिइन्।

Related posts

नेशनल मेडिकल कलेजमा औंलो रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

पर्सामा ५ देखि ११ बर्ष का बालबालिकालाई असार ९ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

MadhesKhabar

वीरगन्जकाे अठराहाँमा दादुरा राेगकाे प्रकाेप

MadhesKhabar

Leave a Comment