Madhes Khabar
स्वास्थ्य

नेशनल मेडिकल कलेजमा औंलो रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

वीरगन्ज,२जेष्ठ:वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा औंलो रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

स्वास्थ्य सेवा विभागकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्व तथा मधेस प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय पर्साकाे समन्वयमा नेशनल मेडिकल कलेजमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा सहभागी नेशनल मेडिकल कलेजका औंलो रोग निदान तथा उपचार कार्यमा संग्लन स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय औलो रोग निवारण एवं राष्ट्रिय औलो रोगकाे उपचार पद्दतीबारे जानकारी प्रदान गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले बताए ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले कार्यक्रमबारे प्रकाश पारेका थिए भने नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी होस्पिटल डाइरेक्टर डा. इसरत जाहा अन्सारीले औलो रोग निवारणमा मेडिकल कलेजले काम गर्दै आएकाे बताइन्।

अन्सारीकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रोफेसर डा. केएन सिंह ,प्रोफेसर डा. एके कोशी , बाल रोग विषेशज्ञ आनन्द कुमार झा लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

सेवा प्रभावित भएपछि रिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल

MadhesKhabar

छात्राहरुसंग यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नारायणी अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ

MadhesKhabar

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ हदैसम्मको कारबाही गर्न चिकित्सक संघको माग

MadhesKhabar

Leave a Comment