Madhes Khabar
खेलकुद

तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल : वीरगन्ज चितवनसंग पराजित

बारा,९ असोज : बाराको सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा वीरगन्ज युथ एकेडेमी चितवन भेट्रान क्लबसंग पराजित भएको छ ।

सिमरा रंगशालामा भएको आफनो पहिलो खेलमै वीरगन्ज युथ एकेडेमी चितवन भेट्रान क्लबसंग १–० ले पराजित भएको हो । चितवनको जितमा मेघलाल तामाङले निर्णायक गोल गरे । तामाङ खेलको म्यान अफ दि म्याच घोषितपनि भए ।

यसैगरी सोमबार नै भएको दोस्रो खेलमा चाबहिल भेट्रान काठमाडौंले दार्जलिङ भेट्रान क्लबलाई ३–० ले पराजित गरेको छ । चाबहिलको जितमा कृष्ण मल्लकारले दुई र शिशिबहादुर हमालले एक गोल गरे । मल्लकार खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो खेलमा नव जनजागृति युवा क्लब भेट्रान र फ्रिडम फाइटर भेट्रान काठमाडौं भिड्दैछन् भने दोस्रो खेलमा चाबहिल भेट्रान र चितवन भेट्रान भिड्नेछन् ।

Related posts

टी-२० विश्वकप जित्ने टिमले नगद साढे ३२ कराेड रुपैयाँ पुरस्कार पाउने

MadhesKhabar

नेपालका ऐरीले ६ बलमा लगातार ६ छक्का हाने, कतारलाई २११ रनकाे लक्ष्य

MadhesKhabar

आइपिएल : बेंगलोर विरुद्ध लखनउको रोमाञ्चक जित

MadhesKhabar

Leave a Comment