Madhes Khabar
खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीले गरे सचिनकाे किर्तिमानसंग बराबरी

वीरगन्ज,१९कार्तिक:भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबरी गरेका छन् । ३५ औँ वर्षमा पाइला टेकेकै दिन काेहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनको कीर्तिमानसँग
बराबरी गरेका हुन् ।

कोहलीले आइसिसी एक दिवसीय विश्वकपअन्तर्गत आइतबार खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलका क्रममा काेहलीले सचिनको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

काेहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यासँग बराबरी गरेका हुन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि सचिनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा शतक बनाएका थिए ।आइतबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय रन पुरा गरेपछि काेहलीको शतक सङ्ख्या पनि ४९ पुगेको छ ।

काेहलीले दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय १९ बलको सामना गरी शतक पुरा गरेका हुन् । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा शतक पुरा गरेका हुन् । अब विराटले यही विश्वकपमा सचिनको कीर्तिमान तोड्ने सम्भावना बढेको छ । यसअघि गत बिहीबार खेलिएको श्रीलङ्काविरुद्धको खेलमा विराट केवल १२ रनका कारण शतक पुरा गर्नबाट चुकेका थिए । उनी त्यो खेलमा ८८ रन बनाउँदै आउट भएका थिए ।

कोहलीले हालसम्म एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ र टेस्ट क्रिकेटमा २९ वटा शतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एक दिवसीय क्रिकेटलाई जोड्दा एक सय वटा शतक बनाएका छन् । सचिनले एक दिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा शतक बनाएका छन् ।

Related posts

करैयामाई गोल्डकप फुटबलकाे उपाधि वीरगन्ज सिटीले जित्याे

MadhesKhabar

विश्वकप फुटबल : माेरक्काेद्वारा स्कटल्याण्ड पराजित

MadhesKhabar

केपी ओली कप च्याम्पियन मच्छिन्द्र वीरगन्ज गोल्डकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment