काठमाडौं,६असार:फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा माेरक्काेले स्कटल्याण्डलाई पराजित गरेकाे छ। बोस्टन रंगशालामा भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको हाे।
खेलको दोस्रो मिनेटमै मोरक्कोका इस्माइल साइबारीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यही गोल नै मोरक्कोका लागि निर्णायक बन्यो । जितसँगै समूहचरणमा मोरक्कोको चार अंक भएको छ ।

