Madhes Khabar
खेलकुद

वीरगन्जमा आयाेजित अन्तर कलेज ब्याडमिन्टन प्रतियोगिताको उपाधि ग्लाेबल कलेजले जित्याे

वीरगन्ज,२७पुस:वीरगन्जमा शनिबार आयाेजित अन्तर कलेज ब्याडमिन्टन प्रतियोगिताको उपाधि ग्लाेबल कलेजका क्रिसराज गाडियाले जितेका छन् ।

वीरगन्ज-१० स्थित कभर्ड हलमा लायन्स क्लब इन्टरनेशनलले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगितामा ग्लाेबल कलेजकै संभव दास द्वितीय र तृतीय दिल्ली पब्लिक स्कुलका माहिर अग्रवाल भए।

प्रतियोगितामा ११ वटा कलेजका गरि २२ जना छात्रहरुले सहभागीता जनाएको लायन्स क्लब इन्टरनेशनलका सचिव राेशन गुप्ताले जानकारी दिए।

प्रतियोगिताकाे उद्घाटन प्रमुख अतिथी सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र पर्सा ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थले संयुुक्त रुपमा गरेका थिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु,पर्सा खेलकुद विकास समिति पर्साका प्रमुख पृथ्वी आलाेक कुशवाहा,डिएन अग्रवाल,रामबिहारी पाण्डे लगायतकाकाेपनि सहभागीता थियाे।

Related posts

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिप

MadhesKhabar

पर्सामा ई -स्पोर्ट्स एसोसिएसन अफ नेपालको तदर्थ कमिटी गठन

MadhesKhabar

सखुवा प्रसाैनी-४ मा आयाेजित क्रिकेट प्रतियोगिताकाे उपाधि चैनपुरले जित्याे

MadhesKhabar

Leave a Comment