Madhes Khabar
खेलकुद

एसिया कप क्रिकेटको सुपर फाेरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडाैं,२४भदाैं: एसिया कप क्रिकेटको सुपर फोरमा आज (आइतबार ) भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल श्रीलंकाकाे कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे शुरु हुनेछ ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ ।यसअघि सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि(साेमबार) हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन् ।

शनिबार भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

Related posts

यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि परे टिममा

MadhesKhabar

वीरगन्ज गोल्डकप फुटबलः झापालाई हराउँदै आर्मी सेमिफाइनलमा

MadhesKhabar

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

Leave a Comment