Madhes Khabar
स्थानिय

निजामती सेवा दिवसमा जीतपुरसिमरा उपमहानगरका कर्मचारीकाे हातमा कालाेपट्टी

बारा,२२भदाैं: बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले २०औं निजामती सेवा दिवसका दिन शुक्रबार हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले विरोधस्वरुप कालो पट्टी बाँधेर काम गरेका हुन् ।

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै बिहीबार विज्ञप्ति जारी गरेर दिवस नमनाउने निर्णय गरेका थिए ।

स्थानीय तहका कर्मचारीलाई विभेद गर्दै प्रस्ताव गरिएको निजामती सेवा विधेयक संशोधन नभएसम्म कुनै पनि दिवस नमनाउने कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जीतपुरसिमराका कर्मचारीले संघीय निजामती सेवा विधेयक नभइ एकीकृत निजामती सेवा ऐन ल्याउनपर्ने बताएका छन् । उनीहरूले सरकारलाई विधेयक संशोधन गर्न १४ बुँदै सुझाव समेत दिएका छन् ।

सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । तर, देशभरका स्थानीय तहका कर्मचारीले भने यसको विरोधमा उत्रिएका छन्।साभार:अन्नपूर्णपाेष्टबाट

Related posts

वीरगन्जमा पहिलाे दिन महावीर पुनले बेचे २३५ थान किताब

MadhesKhabar

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष यादव माथि आक्रमणको प्रयास

MadhesKhabar

Leave a Comment