Madhes Khabar
स्थानिय

मनियारीमा पनि हटाइयो सडक अतिक्रमण गरी बनाइएका घर टहरा

वीरगन्ज,१०जेष्ठ :वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ ।

अतिक्रमण गरि बनाइएका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले वीरगन्ज महानगरपालिकाले डोजर लगाएर ती संरचना हटाएको हो ।

गण्डक चोकबाट मनियारी हुँदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि बनाइएका संरचना हटाएको हो ।
मनियारीमा ४ वटा पक्की घर र ३ वटा टहरा भत्काएर बाटो निर्माणमा भइरहेको अवरोध हटाइएको हो ।

अतिक्रमित संरचना हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पराजुली, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोलीसहित डोजर परिचालन भएको थियो ।

Related posts

कलैयामा दिनदहाडै स्कुलका प्रधानाध्यापकमाथि गाेली प्रहार

MadhesKhabar

घाइते महतो भेट्न नेता रिजाल अस्पतालमा

MadhesKhabar

कृषि सहकारी संघ पर्साको अध्यक्षमा पुन साह चयन

MadhesKhabar

Leave a Comment