Madhes Khabar
स्थानिय हेडलाइन

कलैयामा दिनदहाडै स्कुलका प्रधानाध्यापकमाथि गाेली प्रहार

वीरगन्ज ,१३कार्तिक: बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफ माथि दिनदहाडै  गोली प्रहार भएको छ।

सोमबार दिउँसो करिब साढे १२ बजेतिर  प्रधानाध्यापक सर्राफ माथि गोली प्रहार भएको हो।

दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सर्रराफमाथि  गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सर्राफ माथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको छ।

घाइते सर्राफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार  गरी थप उपचारका लागि वीरगन्जस्थित मेडिसिटी वयोद्धा  हस्पिटल ल्याइएको छ। उनको  अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

गोली प्रहार गर्नेहरूको खोजि भइरहेको बाराका प्रहरी उपरीक्षक सुरेस काफ्लेले बताए।

Related posts

बारामा मोटरसाइकल पुल मुनि खस्दा दुई जनाको मृत्युु

MadhesKhabar

बचतकर्ताकाे कराेडाैं रकम फिर्ता नगरेकाे भन्दै सानाे पाइला सहकारीमा प्रदर्शन 

MadhesKhabar

वीरगन्जमा विद्यमान विधुतका समस्याहरु सामधान गर्न घिसिङसंग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment