Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जमा विद्यमान विधुतका समस्याहरु सामधान गर्न घिसिङसंग मेयर सिंहको आग्रह

मधेसखबर

वीरगन्ज,०८ भदौ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ भेटेर वीरगन्जमा विधुतसंग सम्बन्धित विद्यमान समस्या बारे ध्यानाकर्षण गराएका छन्।

बुधबार काठमाडौंमा विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झासंगै घिसिङलाइ भेटेर मेयर सिंहले वीरगन्ज महानगरमा विद्यमान विधुतसंग सम्बन्धित समस्याहरु बारे ध्यानाकर्षण गराएका हुन्।

त्यस क्रममा मेयर सिंहले वीरगन्जमा भइरहेको अनियमित विधुत कटौतीको समस्या तत्काल समाधान गरिदिन घिसिङसंग आग्रह गरे। यसका साथै सिंहले वीरगन्जमा सडक बत्ती व्यवस्थापनका लागि फिप्थ  वायर जडान,  वीरगन्मज महानगरमा भुमिगत तार व्यवस्थापन, पानीटंकी क्षेत्रका घरमाथिकाे हाईटेन्सन लाईन स्थानान्तरण र बाईपास ईनर्वा क्षेत्रकाे हाईटेन्सन लाईन स्थानान्तरण गरिदिन पनि आग्रह गरे ।

उनले वीरगन्ज महानगर क्षेत्रमा अहिले रहेको नाङ्गो तार हटाई केबल वायर जडान लगायतको समस्या समाधानको लागि पनि घिसिङसंग आग्रह गरे ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले  मेयर सिंहले ध्यानाकर्षण गराएका समस्याहरु समाधानकाे प्रकृयामा लैजान वीरगन्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिएकाे छलफलमा सहभागी मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

Related posts

बाराको निजगढमा अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

वीरगन्ज -पथलैया औद्योगिक करिडोर घाेषणाकाे माग

MadhesKhabar

नागरिकता विधेयक छिट्टै प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छु : पूर्वराष्ट्रपति यादव

MadhesKhabar

Leave a Comment