Madhes Khabar
स्थानिय

कृषि सहकारी संघ पर्साको अध्यक्षमा पुन साह चयन

मधेसखबर
वीरगन्ज ,२२ माघ : कृषि सहकारी संघ पर्साको अध्यक्षमा पुन शिव कुमार साह चयन भएका छन् ।

पर्साकाे ठाेरीमा शनिबार सम्पन्न संघकाे ११ औँ साधारणसभाले आागमी चार वर्षका लागि साहको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरेकाे हाे ।वरिष्ठ उपाध्यक्षमा सन्जित चाैधरी, महिला उपाध्यक्षमा निलम भारती, महासचिवमा अनरुद्र प्रसाद, सचिवमा नविआलम राउत गद्दी र काेषाध्यक्षमा दिलिप रा‌नियार चयन भएका छन् ।

साधरणसभाकाे बन्दसत्रमा संस्थाकाे वार्षिक प्रतिवेदन अध्यक्ष साह ,लेखा प्रतिवृदन अरविन्द कुमार साह र आर्थिक प्रतिवेदन अनरुद्र प्रसादले प्रस्तुत गरेका थिए ।

संघले स्थापना काल देखि सदस्य संस्था एवं कृषक बर्गको उत्थान, क्षमता विकास, शुसासन र व्यवस्थापनको लागि सरोकारवाला निकाय संग समन्वय, सहकार्य, छलफल, अन्तरक्रिया, संवाद र अध्ययन अनुसन्धानको माध्यमबाट पैरवी र वकालत गर्दै आएको तथा भविष्यमा गरि रहने अध्यक्ष साहले बताए |

Related posts

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, ३ घाइते

MadhesKhabar

बारामा मसानघाटको ८ बिघा जग्गा व्याक्तिको नाममा

MadhesKhabar

नबिल बैंक चोरी प्रकरण :चोरी भएमध्येको केहि रकम भेटियो, दुई भारतीयसहित चार पक्राउ

MadhesKhabar

Leave a Comment