Madhes Khabar
राजनीति

सबै ठूला काण्डका फाइल खोलौं : कांग्रेस महामन्त्री थापा

काठमाडौं, २९ साउन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् ।सोमबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले जुनसुकै दलको भए पनि दोषी छ भने त्यसले छुट पाउन नहुने उल्लेख गरे ।

आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदल्नुपर्ने भन्दै उनले भने,‘ यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरू छन्‚ ती सबैको फाइल खोलौं‚’ ।थापाले अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस् तर दोषी छ भने जुनसुकै दलको नेता, सांसद र मन्त्री भए पनि कसैले छुट पाउनु नहुने बताए ।

’केही दिन अगाडि बाबुराम भट्टराईले शिविर घोटालाको छानबिन गरौं भन्नुभयो । ललिता निवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो‚’ थापाले भने, ’हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने– ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? कुनै दलको कुनै नेता अनुसन्धानको क्रममा पक्राउ प¥यो भने– ए हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खै? यस्तै यस्तै सुनिन्छ ।’ साभार : इकान्तिपुर

Related posts

सरकार अघि बढिसक्यो ,अब सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

MadhesKhabar

नवनियुक्त खानेपानीमन्त्री यादवले भने :सबैमा खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो प्राथमिकता

MadhesKhabar

चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न वीरगन्जका कांग्रेस नेताहरुको माग

MadhesKhabar

Leave a Comment