Madhes Khabar
राजनीति

नवनियुक्त खानेपानीमन्त्री यादवले भने :सबैमा खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो प्राथमिकता

वीरगन्ज,३१असारःसंघीय सरकारका नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै सचिव स्तरीय निर्णय अनुसार ७ सदस्यीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको प्रतिवेदनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने पहिलो निर्णय गरेका छन् ।

पहिलो निर्णय गर्दै मन्त्री यादवले आफ्नो प्राथमिकता सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु रहेको बताए। उनले भने, “आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई सुधार गर्ने र मन्त्रालयका सम्पूर्ण कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउन म प्रतिबद्ध छु।“

उनले स्थानीय तहहरूसँग सहकार्य गर्दै खानेपानी व्यवस्थापनमा सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धतापनि व्यक्त गरे। मन्त्री यादवले आफूलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिएर विश्वास गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गर्दै भने, “यस महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पादन गर्न तपाईँको मार्गदर्शन र समर्थनले सम्पूर्ण प्रयास गर्ने वाचा गर्दछु।“

उनले आफ्नो निर्वाचन क्षेत्र पर्सा – १ का सम्पूर्ण जनता, परिवारका सदस्यहरू, र सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै भने, “तपाईँहरूको समर्थन र विश्वासले नै आज म यो स्थानमा पुगेको छु।“

 

Related posts

प्रधानमन्त्री र मुख्यमन्त्री दुवै जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

MadhesKhabar

अदालत र सरकार भारतकाे गुलाम : मेयर बालेन

MadhesKhabar

उपेन्द्र यादवको पक्षमा दुइ तिहाइ पुग्यो ,नेताहरु भन्छन् : जसपा अब फुट्दैन

MadhesKhabar

Leave a Comment