Madhes Khabar
राजनीति

उपेन्द्र यादवको पक्षमा दुइ तिहाइ पुग्यो ,नेताहरु भन्छन् : जसपा अब फुट्दैन

मधेसखबर
वीरगन्ज,३० असार : जनता समाजवादी पार्टी (जसपा) मा केन्द्रिय कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवको पक्षमा झण्डै दुइ तिहाइ बहुमत पुगेको छ ।

वीरगन्जमा बुधबार देखि जारी यादव पक्षको केन्द्रिय समितिको बैठकमा अहिले कायम ४८९ केन्द्रिय सदस्य मध्ये २६७ जना सहभागी भइ हस्ताक्षार समेत गरिसकेका छन् । यस्तै पार्टीका २३ जना संघीय संसद मध्ये १९ जना सहभागी छन् । संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्राइको पक्षमा भने उनि र महेन्द्र राय गरि दुइ जना मात्र छन् । बाँकी दुइ सांसद राजकिशोर यादव र अमृता अग्रहरी भने अहिले सम्म कतै खुलेका छैनन् ।

यस्तै ३२ केन्द्रिय कार्यकारीणी सदस्य मध्ये २३ जना वीरगन्जको जारी बैठकमा सहभागी रहेका केन्द्रिय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादव बताउछन् ।

मन्त्री यादव भन्छन् ,‘ वीरगन्जमा जारी बैठकमा उपेन्द्र यादव जीको पक्षमा दुइ तिहाइ पुगेको देखेपछि बाबुराम जीले हार मानेरै अब अर्को पार्टी खोल्ने निर्णय गरिसक्नु भएको छ ,अब जसपामा उहाको केहि चल्नेवाला छैन ।
केन्द्रिय कार्य समिति ४९९ भएपनि अहिले कायम संख्या ४८९ मात्रै भएको र ती मध्ये पनि ५० जना जति लोसपा लगायत अन्य पार्टीमा लागि सकेकाले अब केन्द्रिय सदस्यको संख्या ४५० को हाराहारीमा मात्रै रहेको यादवले बताए ।

Related posts

समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

MadhesKhabar

पर्सामा नयाँ अनुहारहरु चुनावी मैदानमा उतारेको मधेसी दलको साख के यसपालि फर्किन्छ ?

MadhesKhabar

पर्सामा प्रधानमन्त्री ओलीको गर्जन: मधेसको विकासको गति अगाडि बढिसक्यो,अब कसैले रोक्न सक्दैन

MadhesKhabar

Leave a Comment