Madhes Khabar
स्वास्थ्य

बाराको नरबस्तीमा आयोजित निःशुल्क आँखा जाँच शिविरमा १५७ जनाले लिए लाभ

बारा, २६ साउन : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नरबस्तीमा शुक्रवार सम्पन्न निःशुल्क आँखा परीक्षण शिविरमा १५७ जनाको आँखा जाँच गरिएको छ ।

वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा रुपान्तरण युवा क्लबले आयोजना गरेको शिविरमा जाँच गराएकाहरु मध्ये १६ जनामा मोतियाबिन्दुको समस्या देखिएको क्लबका अध्यक्ष रामकुमार अर्यालले जानकारी दिए । मोतियाबिन्दु देखिएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेपनि अर्यालले बताए ।

शिविरमा आँखा पाक्ने समस्या देखिएकाहरुलाई निःशुल्क औषधी वितरणपनि गरिएको अर्यालले बताए ।

शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत महेशसिंह धामी, आँखा रोग विशेषज्ञ नयनन यादव, व्यवस्थापक प्रेम घिमिरे, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, सहयोगी संस्था अभियान डिजिटल वल्र्डका दीपेश वर्णवाल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना पुष्टि

MadhesKhabar

चार महिनापनि नबित्दै फेरिए नारायणी अस्पतालका मेसु : डा. दासले पाए प्रमुख मेसुको जिम्मेवारी

MadhesKhabar

एमडीलाई पक्राउ गर्नु अन्यायपूर्ण छ, तत्काल रिहा गरियोस् : नेशनल मेडिकल कलेज

MadhesKhabar

Leave a Comment