
वीरगन्ज, ३ साउन : वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बुधबार कर्मचारीहरुले प्रदर्शन गर्दै धर्नापनि दिएका छन् ।
अस्थायी कर्मचारीलाई स्थायी गर्नु पर्ने र कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय फिर्ता लिनु पर्ने माग राखेर क्याम्पसमा कार्यरत कर्मचारीहरुले बुधबार एक प्रदर्शन गर्दै एक घण्टा धर्ना दिएका हुन् ।
त्रिवि बाम–प्रजातान्त्रिक कर्मचारी संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शन र धर्नामा क्याम्पसमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागीता थियो ।प्रदर्शन र धर्नामा त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका केंद्रीय उपाध्यक्ष गुंजन सिंह , संघका ठाकुरराम बहुमुखी क्याम्पसकी इकाई अध्यक्ष गीता श्रेष्ठ , सचिव मनोहर कुमार साह, सल्लाहकार मुजतुबा अंसारी , राष्ट्रिय कर्मचारी संघका केन्द्रीय सदस्य राजू केसी लगायतको सहभागीता थियो ।
आफुहरुको दुई सुत्रीय माग त्रिभुवन विश्वविद्यालयले पुरा नगरेसम्म चरणबद्ध आन्दोलन जारी रहने त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका ठाकुरराम बहुमुखी क्याम्पसकी इकाई सचिव मनोहर साहले बताए ।

