
बीरगन्ज,२१ चैतःवीरगन्जको पावरहाउस चोक नजिकै रहेको जिएचपी स्कूलले शुल्क नतिरेको निहुँमा विद्यार्थीलाई परक्षिा दिनबाट बत्तिचत गराएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको शिक्षा महाशखामा उजुरी परेको छ ।
अभिभावक घनश्याम ठाकुरले विद्यालयको शुल्क नितरेको निहुँमा जिएचपी स्कुल प्रशासनले कक्षा ८ को परीक्षाबाट आफना छोरीलाई बञ्चित गराएको भन्दै उजुरी दिएका हुन् । शुल्क नितरेकै निहुँमा छोराछोरीलाई यातनासहित परीक्षामा सामेल नगराएपछि आँफुले जिल्ला प्रशासन कार्यालय र महानगरको शिक्षा महाशाखामा लिखित उजुरी दिएको ठाकुरले बताए ।
ठाकुरले भने,‘ विगत दुई वर्षदेखि जिएचपी स्कूलमा मेरा छोराछोरी पढिरहेका छन् । केहि समययता आर्थिक अवस्था कमजोर भएपछि फि तिर्न ढिला भएको छ । तर यही निहुँमा स्कूल प्रशासनले छोराछोरीलाई बाहिर घाममा उभ्याउने, शुल्कको लागि मानसिक यातना दिने गर्दै आएका थिए ।’
अहिले कक्षा ८ को परीक्षामा सहभागी नगराएर आफनो छोरीको भविष्य बर्बाद पारिरहेको ठाकुरको भनाइ छ ।उनले आफ्नो क्षमता भएपछि शुल्क तिर्ने र हाल आफूलाई आर्थिक संकट भएको भनी लिखित कागज गर्न तयार भए पनि विद्यालयले नमानेको र पटकपटक तीन÷चार घण्टासम्म कक्षा बाहिर घाममा उभ्याएर यातना दिएकोले विद्यालय विरुद्ध जिल्ला प्रशासन कार्यालय र महानगरमा उजुरी गरे बताए ।उनले शुल्क तिर्न नसक्दा यसअघि विद्यालयले अर्ध वार्षिक परीक्षामा पनि सहभागी नगराएको बताए ।
महानगरको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले ठाकुरले जिएचपी स्कूलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार उजुरी दिएको र त्यसको बोधार्थ महानगरको शिक्षा महाशखाामापनि आएको बताए । उजुरी आएपछि छानबिन गर्र्दा ठाकुरकी छोरीको कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि परीक्षा फराम नै नभरिएको पाइएको कर्णले बताए ।
उनले भने,‘ कक्षा ८ को परिक्षा महानगरले लिइरहेको छ । यदि परीक्षा फारम भर्नबाट स्कुलले रोकेको भए त्यसबारे बेलैमा महानगरको शिक्षा महाशखामा जानकारी गराउनु पथ्र्यो । तर अभिभावकले त्यसबेला जानकारी गराएनन् । अहिले परक्षा सुरु भएको तीन दिन बितेपछि उजुरी गरेका रहेछन् ।तर परीक्षा फारम नै नभरेपछि परीक्षामा सामेल गर्न सकिदैन । अब यो सम्बन्धित विद्यालय र अभिभावकले नै आँफै सल्टाउनु पर्छ । महानगरले यसमा केहि गर्न सक्दैन ।’
यातना दिएको आरोपमा भने छानबिन गर्दा प्रमाणित भएमा कारबाहीको दायरामा ल्याइनेपनि उनले बताए ।

