
मधेसखबर
वीरगन्ज,३१असार : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा तोडफोड र आगजनी गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जना विधार्थीलाइ पक्राउ गरेको छ ।
प्रहरीले अखिल क्रान्तिकारीका नेता मिरोज हवारी,अनेरास्ववियुका नेता आशीफ अहमद अुसेन , समाजवादी विधार्थी संगठनका महम्मद सागीर अली र सम्साद अन्सारीलाइ नियन्त्रणमा लिएको हो । उनिहरुलाइ वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा राखिएको प्रहरी निरिक्षक विशाल मल्लले जानकारी दिए ।क्याम्पसमा होहल्ला गर्दै अराजक गतिविधी गरेकाले उनिहरुलाइ नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक मल्लले बताए ।
प्रदर्शनमा उत्रिएका विधार्थीहरु माथि प्रहरीले लाठी चार्ज गर्दा केहि विधार्थी घाइते पनि भएका छन् ।
परिक्षा सेन्टर वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशीत विधार्थीहरुको समुहले शुक्रबार साँझ देखि बेलुकी सम्म क्याम्पस परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । त्यसक्रममा उनिहरुले क्याम्पस र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष भित्र तोडफोड गर्दै फर्निचरहरु बाहिर निकालेर आगजनी पनि गरेका थिए ।
अखागजनी पछि प्रहरी पुग्दा अगजनी गर्नेहरु भागेपनि अन्य विधार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन सामान्य लाठी चार्ज गर्नु परेको प्रनि मल्लले बताए ।
ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा तोकिएको छ । चार वर्षे बिएडको परिक्षा भने आधा विधार्थीको वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पस र बाँकी आधा विधार्थीको लागि बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि आक्रोशीत विधार्थीहरुले शुक्रबार साँझ प्रदर्शन गरेका हुन् ।
क्याम्पस प्रमुख उमेश चौरसीयाले परिक्षा सेन्टर अन्यत्र सारिएको निहुमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए ।परिक्षा सेन्टर क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परिक्षा बोर्डले तोक्ने भएकाले विधार्थीहरुले आफु पढेको शिक्षण संस्थामै क्षति पुरयाउनु दुर्भाग्य भभएको उनले बताए ।

