वीरगन्ज ,३०असार: वीरगन्जस्थित लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसको सहकार्यमा आयाेजित रक्तदान कार्यक्रममा ६ जना महिलासहित ४० जनाले रगतदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा आयाेजित रक्तदान कार्यक्रममा वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफ्री एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्णलगायतको पनि उपस्थिति रहेको थियो ।

