Madhes Khabar
स्थानिय

पत्रकार ध्रुब साह वीरगन्ज महानगरपालिकाद्वारा सम्मानित

वीरगन्ज ,२३असार: वीरगन्ज महानगरपालिकाले पत्रकार ध्रुब साहसहित ४ जनालाई सम्मानित गरेकाे छ ।

महानगरकाे १३ओै नगरसभाकाे निर्णय अनुसार वीरगन्ज महानगरपालिकाले मधेश दृष्टि, रेडियाे वीरगन्ज र टिभि वीरगन्जका कार्यकारी अध्यक्ष समेत रहेका पत्रकार साहलाई सम्मानित गरेकाे हाे ।

महानगरपालिकाकाे गतिविधिहरु सकृयतापुर्वक आम जनतामा संचार गरी महानगरपालिका र नागरिक बिचकाे सम्पर्क सुदृढ पार्दै पारदर्शितामा महत्वपूर्ण याेगदान पुर्याएकाेमा साहलाई सम्मानित गरिएकाे महानगरपालिकाले जनाएकाे छ ।

शनिबार महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार साहलाई महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले दाेशल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

यसैगरी महानगरकाे सरसफाईमा याेगदान पुर्याएका ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, जग्गा दाता प्रेम कुमार टिवडेवाल र उज्यालाे वीरगन्ज अभियानमा याेगदान पुर्याएका महानगरपालिकाका कर्मचारी इन्जिनियर राजिव उपाध्यायलाई पनि महानगरपालिकाले सम्मानित गरेकाे हाे ।

Related posts

वीरगन्ज नाका ३ दिन बन्द रहने

MadhesKhabar

भन्सार क्षेत्रको अधुरो सडकको काम समयमै सक्न ठेकेदारलाई मेयर सिंहको निर्देशन

MadhesKhabar

आँप बगैंचामा खेल्न जाँदा बगैंचाधनीले हानेको गोली लागेर पर्सामा एक बालक घाइते

MadhesKhabar

Leave a Comment