वीरगन्ज,१९ असार: पर्सामा जनमत पार्टी निकट स्वास्थ्यकर्मी जनमत संघकाे जिल्ला कार्यसमिति गठन गरिएको छ ।
नव गठित स्वास्थ्यकर्मी जनमत संघ पर्साकाे अध्यक्षमा नन्दन कुमार सिह, उपाध्यक्षमा सिकिन्द्र राय,सचीवमा विजय प्रताप सिह, सह- सचिवमा मधुसूदन चौरसिया र कोषाध्यक्षमा विजय कुमार यादव रहेका छन् ।
अन्तर्राष्ट्रिय चिकित्सक दिवस पारेर पर्सामा जनमत पार्टीले अफ्नो स्वास्थ्यकर्मी जनमत संघको ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हाे।
जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले नारायणी अस्पतालमा भैरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध स्वास्थ्यकर्मी संघले सशक्त कदम चाल्ने र जनतालाई राहत दिने कार्य गर्नेमा विश्वस्त भएको बताए।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य डा. अजय यादवले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकाले यसमा रहेका बेथिती विरुद्ध स्वास्थ्यकर्मी जनमत संघले अभियान नै चलाउने बताए ।यादवले जनमत पार्टीले विगतमा जनकपुरमा भ्रष्टाचारीलाई गरेको कारवाही नबिर्सन पनि भन्दै जनताको विरोधमा जाने जो सुकैलाई पनि कारवाहीको दायरा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
यादवकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनमत पार्टीका नेताहरू प्रहलाद गिरि, शशी कपुर मियाँ , मुकेश द्विवेदी, विद्यार्थी नेता राजुराज गिरि लगायतको पनि सहभागीता थियाे ।

