Madhes Khabar
स्वास्थ्य

जगरनाथपुरमा आयाेजित नि:शुल्क शिविरमा ४ सय महिलाहरुकाे पाठेघर परिक्षण

वीरगन्ज ,१५असार: पर्साकाे जगरनाथपुर गाँउपालिकामा प्रभु हस्पिटल वीरगन्जकाे सहकार्यमा महिलाहरुकाे पाठेघर चेकजाँच सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

बिजबनियास्थित बर्थिङ सेन्टर परिससमा आयाेजित स्वाथ्य शिविरमा करिब ४ सय जना महिलाहरुकाे स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार ओैषधी पनि वितरण गरिएको छ ।

गाँउपालिकाकाे स्वास्थ्य शाखाले आयाेजना गरेकाे शिविरमा प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीराेग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीहरुकाे टाेलीले महिलाहरुकाे पाठेघरकाे स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

शिविरमा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री , वडा नम्बर ३ का वडाअध्यक्ष सुवास यादव लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

विन्दवासिनीमा अहमदिया संघकाे शिविरमा १ हजार ३७२ जनाको आँखा परीक्षण

MadhesKhabar

पर्साकाे पाेखरियामा २ हजार ६ सयकाे आँखा जाँच गर्दा ५७४ जनामा भेटियाे माेतियाबिन्दु

MadhesKhabar

गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेको शिविरबाट ८ सयबढी बालबालिका लाभान्वीत

MadhesKhabar

Leave a Comment