Madhes Khabar
स्वास्थ्य

गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेको शिविरबाट ८ सयबढी बालबालिका लाभान्वीत

वीरगन्ज,१९पुष : वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित गुरुकुल एकेडेमीमा अध्ययनरत ८ सय भन्दा बढी बालबालिकाहरुको निःशुल्क दन्त परिक्षण गरिएको छ ।

गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपालले विद्यालयमै सञ्चालन गरेको दुई दिने निःशुल्क दन्त शिविरमा विद्यालयमा अध्ययनरत ८ सय बढी बालबालिकाहरुको दाँत परिक्षण गरिएको हो । शिविरमा शान्ति पोली क्लीनिकका डा. विकाश कुमार पटेल, डा. सम्झना यादव, डा. प्रकाश कुमार झा, डा. नेहा बर्णवाल र डा. अनु आचार्यले दाँत परिक्षण गरेका थिए ।

शिविरमा गुरुकुल एकेडमीका प्रधानाध्यापक तेजेन्दर कौर, अमरजीत कौर,गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्र नेपालका जसपाल सिंह हरविंदर सिंह, जतिन्दर सिंह, अभिनाष झा, रुप नारायण सिंह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

बाराकाे लिपनीमालमा आयाेजित नि:शुल्क शिविरमा १४८ जनाकाे आँखा परिक्षण

MadhesKhabar

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

पर्साको प्रसौनीभाठामा अहमदिया संघको निःशुल्क शिविरबाट ४ सय ७६ जना लाभान्वित

MadhesKhabar

Leave a Comment