Madhes Khabar
स्वास्थ्य

विन्दवासिनीमा अहमदिया संघकाे शिविरमा १ हजार ३७२ जनाको आँखा परीक्षण

वीरगन्ज, २१ माघ : ‘सबैलाई प्रेम गर कसैलाई घृणा नगर ‘ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिबार पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नंवर ५ को प्रसौनी भाठ्ठामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

आर एम केडिया आँखा आस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा १ हजार ३७२ जानको आँखा परिक्षण गरिएकोमा २५० जनाम मोतियाबिन्दु पाईएको छ।मोतियाबिन्दु भएकाहरुलाई आर एम केडिया आँखा आस्पतालले निशुल्क रुपमा सल्यक्रिया गर्ने आयोजक संस्थाले
जनाएको छ।

अहमदिया संघ नेपालका अध्यक्ष कमरुलहोदा अंसारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्ज का काउन्सलर शशि भुषण कुमार, विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका प्रमुख प्रमोद तिवारी, उपप्रमुख ज्योति चौरसिया, अतिथिहरुमा वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर लगायतको विशेष उपस्थिति रहेको अहमदिया संघ नेपालका इन्चार्ज हासिम अहमदले जनकारी दिए।

Related posts

वीरगंजको नगवामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरणबारे अभिमुखीकरण

MadhesKhabar

काेराेना समयमा वीरगन्जमा कराेडाैंकाे लागतमा बनाइएको हाेल्डिङ सेन्टर प्रयाेगविहिन

MadhesKhabar

वीरगन्जको दशैं मेलामा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

Leave a Comment