Madhes Khabar
स्वास्थ्य

वीरगंजको नगवामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरणबारे अभिमुखीकरण

मधेसखबर
फाल्गुन २७ गते: वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजनामा वडा नम्बर १६ नगवामा रहेको शहरी जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहयोगमा नगवाका स्थानीयवासीहरूलाई सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवनको बेफाईदा तथा यसको न्युनिकरण सम्बन्धमा जानकारी गराईएको थियो ।वीरगंज महानगरपालिका वडा नम्बर १६ की वडा सदस्य लवंगी देवी कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगवाका ४१ जना स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक जहिर आलमले सहजीकरण गरेका थिए भने जनस्वास्थ्य निरिक्षक सुमन चन्द्र ठाकुरले स्थानीय सहभागीहरुलाई विषयवस्तुबारे अभिमुखिकरण गरेका थिए । कार्यक्रममा हेल्थ असिस्टेन्ट अरूण कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

Related posts

नारायणी अस्पतालमा अख्तियारकाे छापा

MadhesKhabar

प्रदेश सरकारको लापरवाहीले पर्साको सखुवा प्रसौनी जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रभावित

MadhesKhabar

भगवती युवा क्लबको कार्यक्रममा १ सय १ जनाद्वारा रगत दान

MadhesKhabar

Leave a Comment