Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा अख्तियारकाे छापा

फाइल फोटो : नारायणी अस्पताल

वीरगन्ज ,१७फागुन :अख्तियार दुरुपयोग अनुसन्धानले वीरगन्जको नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई सहित विभिन्न मेसिन निरीक्षण गर्दै छानबिनका लागि फाइल नियन्त्रणमा लिएको छ।

बुधबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंबाट वीरगन्ज आएको टोलीले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआइ मेसिन निरीक्षण गर्नुका साथै सम्बन्धित फाइल लगेको छ।

अस्पतालमा बिरामीको परीक्षण तथा उपचारका लागि खरिद गरिएको मेसिनरी सामानबारे परेको उजुरीका आधारमा छानबिन गर्न फाइल लिन अख्तियारको टोली आएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी दिए।

उनले ईको, एक्सरे र पिएसटी मेसिनबारे अख्तियारले छानबिनका लागि फाइल मागको बताए।

‘अख्तियारको टोलीले अस्पतालमा खरिद भएको मेसिनबारे फाइल मागेको थियो, त्यही हामीले उपलब्ध गरायाैँ,’ उनले भने।

यसैबीच, अख्तियारकै टोलीले केही समयअघि मात्रै चीनबाट खरिद गरी ल्याइएको एमआरआई मेसिनसमेत निरीक्षण गरेको थियो।

नारायणी अस्पतालमा अहिले एमआरआई मेसिन धमाधम जडान गर्ने कार्य भइरहेको छ। उक्त मेसिन १५ दिनअघि मात्रै अस्पतालमा आइपुुगेको हो।साभार:देशसन्चार

Related posts

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

MadhesKhabar

भूमीहिन दलितले उपभोग गरेको जग्गामा वनले गाडेको किलाखुटा अध्यक्ष यादवले उखलेर फालिदिए

MadhesKhabar

चाडपर्वले वीरगन्जको ड्राइपोर्ट भन्सारको राजश्व संकलनमा सुधार

MadhesKhabar

Leave a Comment