Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्साकाे पाेखरियामा २ हजार ६ सयकाे आँखा जाँच गर्दा ५७४ जनामा भेटियाे माेतियाबिन्दु

वीरगन्ज,६पुस: पर्साको पोखरिया नगरपालिकाकाे १० वटै वडामा नि:शुल्क शिवीर सञ्चालन गरि २ हजार ६ सय जनाकाे आँखा परीक्षण गर्दा ती मध्ये ५७४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ ।

 

लायन्स क्लब वीरगन्ज परिवार र लायन्स क्लब वीरगन्ज सेन्ट्रले संयुक्त रुपमा सबै १० वटा वडाहरुमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सञ्चालन गरेकाेमा २ हजार ६ जनाकाे आँखा जाँच गरिएकाेमा तीमध्ये ५७४ जनामा मोतियाबिन्दुको समस्या भेटिएको राष्ट्रिय मुक्ति पार्टीका उपमहासचिव नेजामुदिन समानीले जानकारी दिए ।

 

माेतिया बिन्दुकाे समस्या देखिएकाहरुकाे शल्यक्रिया पनि नि:शुल्क गरिने लायन्स क्लब वीरगन्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय जानकारी दिए।

 

नेता समानी तथा आशा देवीको पहल तथा तिलगंगा आँखा प्रतिष्ठान र वीरगन्ज सामुदायिक आँखा केन्द्रकाे प्राविधिक सहयाेगमा १० वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरिएको समानीले जानकारी गराए।आइतबार वडा नम्बर ३ बसन्तपुरमा पनि नि:शुल्क शिविर आयाेजना गरिएकोमा ७५ जनामा माेतिया बिन्दुकाे समस्या भेटिएको उनले बताए ।

Related posts

गर्मी छल्न अनि रमाउन जाने होइन त ‘ठोरी’ ?

MadhesKhabar

१९ जना युवाको ज्यान लिएपछि मात्रै सरकारले खाेल्याे फेसबुक लगायतका सामाजिक सञ्जाल

MadhesKhabar

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

Leave a Comment