वीरगन्ज,३२जेष्ठःविगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ ।वीरगन्ज,कलैया र यस आसपासका क्षेत्रको तापक्रमपनि दिनहुँ बढ्दै गइरहेको छछ । यस आसपास क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढीनै मापन भइरहेको छ । प्रचचण्ड गर्मी अनि तातो हावा चल्दै आएका कारण वीरगन्ज र यसआसपास क्षेको जनजिवन अस्तव्यस्त नै बनेको छ । गर्मीले आकुल व्याकुल हुदाँ वीरगन्ज, कलैया लगायतका शहरी क्षेत्रका मानिसहरु गर्मी छल्न मकवानपुरको त्रिखण्डी पुग्ने गरेका छन् ।
तर वीरगन्ज, कलैया र यस आसपासका मानिसका लागि गर्मी छल्न र घुमफिर गर्न अब पर्साको ठोरीपनि नयाँ गन्तव्य बन्दै गइरहेको छ । हुलाकी सडक बनेपछि वीरगन्ज, कलैया लगायतका क्षेत्रका मानिसहरु घुमफिर गरी रमाईलो गर्न र गर्मीका बेला शीतलताको आनन्द लिन अचेल ठोरी जान थालेका छन् ।
मधेस प्रदेशकै मुख्य पर्यटकीय स्थलका रुपमा स्थापित हुदैं आएको ठोरीमा प्राकृतिक रुपमा निक्कै मनोरम छछ । कलकल पानी बग्ने आधा दर्जन भन्दा बढी खोला, हरियाली जंगल र पहाडले सिंगारिएको ठोरीमा पुग्ने जोकोहीपनि आनन्दीत हुन्छन् ।
यसअघि वनभोज खान र घुम्न पुग्ने भारतीयले दिनहुँ भरिभराउ हुने गरेको ठोरीस्थित अमृतधारा पार्कमा अचेल वीरगन्ज, कलैया , परवानीपुर, जितपुर लगायतका स्थानबाटपनि पुगेकाहरुको चहलपहल देख्न पाइन्छ ।
ठोरी घुम्न पुग्नेहरु सेतो पहाडसंगै टाँसिएरै रहेको ठुटे खोलाको चिसो पानीमा नुहाएर रमाउँदै आएकोमा अब ठोरीमै चिसो अनि कलकल पानीमा नुहाउनका लागि मनोरम तालु खोलापनि आर्कषणको केन्द्र बन्न थालेकाो छ ।
ठोरीस्थित मध्यवर्ती वनभित्र रहेको रानी वन वनभोज पार्र्क छेउमै रहेको तालु खोलामा अचेल गर्मी छल्न नुहाउन पुग्नेहरुको संख्या बढ्दै गएको छ । मानवबस्तीबाट करिब ५ सय मिटरभित्रको जंगलबिचमा बगिरहेको तालु खोलामा अहिलेको गर्मीका बेला पुगेर नुहाउँदा मनै शीतलो हुन्छ ।
ठोरी बजाार क्षेत्रका होटल व्यवसायी रामशरण लमिछाने भन्छन्‘पहिले पहिले ठोरीममा घुम्न आउनेहरु ठुटे खोलामा नुहाएर रममाइलो गर्थे । तर अहिले नुहाएर रमाइलो गर्ने अर्को गन्तव्य तालु खोलापनि बन्दै गएको छ ।’
ठोरीमा घुम्न जानेहरुका लागि रमाउने अन्य प्राकृतिक गन्तव्यहरुपनि थुप्रै छन् ।ती हुन् –रेडहिल पार्क , गोले डाँडा, झोलुङ्गे पुल,रानीवन पार्क,अमृतधारा पार्क ,गणेशमान सिंह पार्क इत्यादि ।
हुलाकी सडक बनेर ठोरी घुम्न आउने भारतीयसंगै आन्तरिक पर्यटकहरुको संख्या बढ्दै गएपछि ठोरीमा खानपान र बास बस्नका लागि होमस्टेसंगै सुविधासम्पन्न होटल र रेष्टुरेण्टहरुपनि खुल्न थालेका छन् ।तीनै मध्येको एक हो– ठोरी जंगल रिसोर्ट ।
स्थानीय चार जना युवा उद्यमीले मिलेर सगोलमा सञ्चालनमा ल्याएको ठोरी जंगल रिसोर्टपनि ठोरी घुम्न र रमाइलो गर्न पुग्नेहरुका लागि अर्को एक आकर्षणको केन्द्र बन्दै गएको छ ।ठोरी–२ मा करिब तीन बिघा क्षेत्रफलमा करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालित उक्त रिसोर्टमा अचेल आन्तरिक र बाह्य पर्यटकको चहल पहल राम्रै देखिन्छ । उक्त रिसोर्टमा एक रातमा ३० बढीलाई बास बस्न मिल्ने १० वटा सुविधासम्पन्न भिल्ला(कटेज) छन् भने एकैपटक १ सयभन्दा बढी पाहुनालाई खानपान गर्न सक्ने रेष्टुरेण्टपनि उपलब्ध छ ।
रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार, नेपालको पर्सा,पर्सा, बारा, मकवानपुर, चितवन, काठमाडौंदेखि पाहुनाहरु आउने गरेका छछन् । यसकाा साथै भारत बिहारको रक्सौल,नरकटीयागञ्ज,मोतीहारी,बेतिया,मुजफरपुर पटनासम्मबाटपनि भारतीयहरु घुम्न र रमाइलो गर्न आउने गरेको उनले बताए । रिर्सोटमा आउने पाहुनाले चाहना राखेमा जंगल सफारीको व्यवस्था पनि गरिएको रिसोर्टका अर्का सञ्चालक धिर सिंहले बतााए ।