Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

१५ लाख भन्दा बढी खर्च गरेर घडिअर्वा छठघाटकाे सजावट

वीरगन्ज,१मंसिर : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा
भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ५१ हजार , परिसर बाहिरको बत्ती सजावटमा १८ हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख २८ , सरसफाइमा ६० हजार रुपैया खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

गत वर्षकाे छठमा छठघाट सजावट र ब्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएकाे र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचतपनि भएकाे समितिका काेषाध्यक्ष तिलक साह कानुले जानकारी गराए।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह ,प्रेम साह कानु र मदन प्रसाद कलवर , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साहकानु , कोषाध्यक्ष तिललक साह , घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु , सल्लाहकार गौरीशंकर गुप्ता लगायतकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

MadhesKhabar

पर्यटन बोर्डको नजर वीरगन्जमा परेन, चितवन,पोखरा र काठमाडौंमा मात्रै सिमित भयो : मेयर सिंह

MadhesKhabar

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment