Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

वीरगन्ज,२४बैशाख : पर्सा क्षेत्र नम्बर २ का सांसद प्रदीप यादवले नागरिकता विधेयक अगाडि बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका सांसद् यादवले नागरिकता विहीनहरूको पीडा अरुले महसुस गर्न नसकेको भन्दै विधेयकलाई अगाडि बढाएर उनीहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

‘नागरिका विहिनहरुको पिडा उनीहरुलाई मात्र थाह होला । बुवा र आमा नेपाली नागरिक तर सन्तान अनागरिकब भएका छन् । कुन कानूनले अनागरिक बनाएको छ ?,’ उनले प्रश्न गरे ।

संविधानमा स्पष्ट रुपमा आमा बुबा नेपाली नागरिक भएको खण्डमा सन्तानलाई वंशजको नेपाली नागरिकता दिनुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वराष्ट्रपतिले नागरिकता विधेयकलाई होल्डमा राखेर अन्याय गरेको यादवको भनाई थियो ।

संसदले दुई पटकसम्म पूर्व राष्ट्रपति समक्ष नागरिकता विधेयक पठाउँदापनि पास नगरी होल्ड गरेको बताउँदै उनले भने, ‘एक पटक होइन दुई-दुई पटकसम्म नागरिक विधेयक संसदबमट पास गरेर पठाउँदा तत्कालिन राष्ट्रपतिले होल्डमा राख्नुभयो । प्रमाणीकरण गर्नुभएन,’

सांसद् यादवले भने, ‘की त संसद्लाई फिर्ता पठाउनु पर्थ्यो तर उहाँले होल्डमा राखेर संसद्लाई जानकारी पनि गराउनु भएन । आफैसँग राख्नुभयो ।’

नागरिकता विधेयक अहिलेपनि राष्ट्रपति कार्यालयमै भएको कारण वर्तमान राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेर नागरिकताविहिनलाई न्याय दिनुपर्नेमा उनले जोड दिए ।

यसअघि संसद्‍ले दुई-दुई पटकसम्म नागरिकता विधेयक पास गरिसक्दा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिँदा विधेयक अगाडि बढ्न सकेको छैन ।

Related posts

रास्वपाले सरकार बनेको सय दिनमा सहकारीको बचत रकम फिर्ता गर्ने

MadhesKhabar

बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनको विरोधमा उधोगीहरुको र्यालि

MadhesKhabar

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

Leave a Comment