Madhes Khabar
राष्ट्रिय हेडलाइन

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

वीरगन्ज,२४बैशाख : पर्सा क्षेत्र नम्बर २ का सांसद प्रदीप यादवले नागरिकता विधेयक अगाडि बढाउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका सांसद् यादवले नागरिकता विहीनहरूको पीडा अरुले महसुस गर्न नसकेको भन्दै विधेयकलाई अगाडि बढाएर उनीहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

‘नागरिका विहिनहरुको पिडा उनीहरुलाई मात्र थाह होला । बुवा र आमा नेपाली नागरिक तर सन्तान अनागरिकब भएका छन् । कुन कानूनले अनागरिक बनाएको छ ?,’ उनले प्रश्न गरे ।

संविधानमा स्पष्ट रुपमा आमा बुबा नेपाली नागरिक भएको खण्डमा सन्तानलाई वंशजको नेपाली नागरिकता दिनुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वराष्ट्रपतिले नागरिकता विधेयकलाई होल्डमा राखेर अन्याय गरेको यादवको भनाई थियो ।

संसदले दुई पटकसम्म पूर्व राष्ट्रपति समक्ष नागरिकता विधेयक पठाउँदापनि पास नगरी होल्ड गरेको बताउँदै उनले भने, ‘एक पटक होइन दुई-दुई पटकसम्म नागरिक विधेयक संसदबमट पास गरेर पठाउँदा तत्कालिन राष्ट्रपतिले होल्डमा राख्नुभयो । प्रमाणीकरण गर्नुभएन,’

सांसद् यादवले भने, ‘की त संसद्लाई फिर्ता पठाउनु पर्थ्यो तर उहाँले होल्डमा राखेर संसद्लाई जानकारी पनि गराउनु भएन । आफैसँग राख्नुभयो ।’

नागरिकता विधेयक अहिलेपनि राष्ट्रपति कार्यालयमै भएको कारण वर्तमान राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेर नागरिकताविहिनलाई न्याय दिनुपर्नेमा उनले जोड दिए ।

यसअघि संसद्‍ले दुई-दुई पटकसम्म नागरिकता विधेयक पास गरिसक्दा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिँदा विधेयक अगाडि बढ्न सकेको छैन ।

Related posts

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तुु नियन्त्रणको उपाय अपनाउछौं : वनमन्त्री यादव

MadhesKhabar

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

MadhesKhabar

कांग्रेस महामन्त्री गगन थापाले गरे सभापतिमा लड्ने घोषणा

MadhesKhabar

Leave a Comment