Madhes Khabar
अर्थतन्‍त्र

पर्साकाे मसिहानीमा औद्योगिक ग्राम बनाउने सरकारकाे निर्णय

फाइल फाेटाे

वीरगन्ज,१२ असार: पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नंबर ५ मसिहानीमा सरकारले औद्योगिक ग्राम बनाउने निर्णय गरेकाे छ ।

मंगलबार बसेकाे संघीय सरमारकाे मन्त्रिपरिषदकाे बैठकले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।

उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मसिहानीमा ओैधाेगिक ग्राम स्थापना गर्ने यसअघि गरेकाे घाेषणा अनुसार मन्त्री रिजाल कै पहलमा सरकारले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेकाे हाे । त्यसका लागि सरकारले अगामी आर्थिक बर्ष २०८०/०८१ काे बजेटमा रकम समेत छुट्याएकाे छ ।

सरकारले पर्साकाे मसिहानीसहित बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ५, कालीकोटको रास्कोट नगरपालिका ६, कालीकाेटकै नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३ र अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको हो ।

‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछन् ।

Related posts

बजार चलायमान नहुदाँ वीरगन्जका दुवै भन्सार राजश्वको लक्ष्य भेट्याउन फेरि पनि असफल

MadhesKhabar

पेट्रोलियम पदार्थको मुल्यमा फेरि वृद्धि , ग्याँसकाे भाउ अब २ हजार ११० रुपैयाँ

MadhesKhabar

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

MadhesKhabar

Leave a Comment