Madhes Khabar
शिक्षा

बारा बसन्तपुरको विधालयमा शिक्षक नियुक्तिमा विवाद : प्रअका पतिले चलखेल गरेको आरोप

फाइल फोटो

वीरगन्ज,५ जेष्ठ : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसन्तपुरमा रहेको विक्रम आधारभूत विद्यालयमा शिक्षक नियुक्तीको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।उक्त विधालयमा शिक्षिक नियुक्तिकै विषयलाई लिएर तोडफोड समेत भएको घटना प्रकाशमा आएको छ ।

शिक्षक नियुक्तिका लागि विधालयले लिएको परिक्षामा छनौट भएकी अजिता कुमारीका पति चन्द्रमोहन यादवले परिक्षामा सफल आफनी पत्नि अजिताको नाम प्रकाशीत नगरि प्रधानाध्यापक गुड्डी कुमारी शर्माका पति हेमन्त शर्माले विधालयमा तोडफोड गर्न लगाएको आरोप लगाएका छन् ।

विधालयको प्रावि तहकोे राहत शिक्षकका लागि लिइएको लिखित , मौखीक र प्रयोगात्मक तीनवटै परिक्षामा आफनी पत्नि अजिता छनौट भएपनि प्रअ शर्माका पति हेमन्तले घुस रकम मागेको तर आफुले नदिएपछि हेमन्त आफैले विधालयमा तोडफोड गर्न लगाई विधालयका कागजात चोरी भएको भनेर नाटक मञ्चन गराएको अजिताका पति चन्द्रमोहनको आरोप छ ।

गत बैशाख २० गते शिक्षकका लागि आह्वान गरिएको विज्ञापनमा २१ जनाले आवेदन दिएका थिए ।बैशाख २४ गते भएको अब्जेक्टिभ परिक्षामा अजितासहित ७ जना उत्तीर्ण भएका थिए । त्यसपछिको ३ घण्टाको लिखित परिक्षामा भने ३ जना मात्र उत्तीर्ण भएकोमा अजिताको नाम पहिलो नम्बरमा थियो । मौखीक परिक्षाको नतीजामा पनि अजिताकै नाम पहिलो नम्बरमा थियो ।

त्यसपछि प्रअ शर्माका पति हेमन्तले नाम प्रकाशन गर्न भन्दै आफुसंग घुस रकम मागेको तर नदिएपछि त्यसैको बहानामा अन्य मानिस लगाएर विधालयमा तोडफोड गर्न लगाई कागजातहरु गायब पारेको र परिक्षा नै रद्ध गर्ने षडयन्त्र गरेको आरोप चन्द्रमोहनको छ ।

आफनी पति अजिताको नाम लिखित परिक्षामा निस्किएपछि प्रअ शर्माका पति हेमन्तले आफुसंग घुसबापत ४ लाख रुपैयाँ मागेको तर आफुले नदिएपछि शिक्षक नियुक्तीको परिक्षा नै रद्ध गर्ने षडयन्त्र गरिएको चन्द्रमोहनको दाबी छ ।विधालयमा भएको तोडफोडको घटनाको निष्पक्ष छानबिन गर्न र शिक्षक नियुक्तीका लागि लिइएको परिक्षाको अन्तिम नतीजा प्रकाशीत गर्न पनि चन्द्रमोहनले माग गरेका छन् ।

वडा नम्बर २० का वडाध्यक्ष समेत रहेका विधालय व्यवस्थापन समितिका अध्यक्ष रसुल मियाँ अन्सारीले विधालयमा चन्द्रमोहन पक्षधरले कुनै प्रकारको तोडफोड नगरेको बताएका छन् ।जिल्ला शिक्षा समन्वयन ईकाईका प्रमुख श्यामबाबु प्रसादले तीनवटै परिक्षाको नतीजामा अजिता पहिलो भएको तर प्रअ शर्माले असहमति जनाएपछि अन्तिम नतीजा प्रकाशन गर्न समस्या भएको बताए ।

यता प्रअ शर्माले भने आफु र आफनो पति हेमन्तले अजिता वा उनका पतिसंग कुनै किसिमको रकम नमागेको दाबी गरिन् । उनले अब्जेक्टिभ , लिखित र मौखीक तीनवटै परिक्षाको नीतजामा अजिताले पहिलो स्थान प्राप्त गरेको स्वीकारीन् । तर मौखीक परिक्षामा भने विधालय व्यवस्थापन समितिका अध्यक्ष मियाँले अजितालाई बढि अंक दिएको उनको आरोप छ ।

Related posts

बड्निहारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

MadhesKhabar

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

MadhesKhabar

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुद्वारा वृक्षारोपण

MadhesKhabar

Leave a Comment