Madhes Khabar
शिक्षा हेडलाइन

महानगरको पक्षमा अदालतको फैसला : सरकारी विद्यालयमा अंग्रेजीमा पठनपाठन गराउने बाटो खुल्यो

वीरगन्ज, २१ बैशाख : वीरगन्ज महानगरपालिकालाई महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्ज ले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठनपाठन गर्न पाउने मनसायले महानगरले ४ वटा सरकारी विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेस खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।

अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेस दिँदै बिहीबारका लागि छलफलमा बोलाएको थियो ।बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगन्ज महानगरपालिकासहितलाई बिपक्षी बनाई उच्च अदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराएका थिए ।बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।वीरगन्ज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।

 

Related posts

वीरगन्जको खाद्य कम्पनिले किसानबाट ४२ हजार क्विन्टल धान खरिद गर्दै

MadhesKhabar

कोशी टप्पु आरक्षका विस्थापितको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

MadhesKhabar

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

MadhesKhabar

Leave a Comment