Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा सार्वजनिक जग्गा उत्खनन गर्ने ३ टिपर र १ स्काभेटर महानगरको नियन्त्रणमा

मधेसखबर
वीरगन्ज,१२ चैत : वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटर सहितका टिपर नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २८ दर्दवा स्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिना देखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा आइतबार महानगरको नगर प्रहरीले ३ वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनामा नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषाल नेतृत्वको टोलीले ना ८ ख ४१२५, ना ७ ख ६५९७ र ना ७ ख ६६०३ नम्बरको टिपर तथा बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर आदर्शनगर स्थित बालमन्दिरको परिसरमा राखेको छ ।

गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो नीजी सम्पति ठानेर त्यहाको माटो उत्खनन् गरेर बिक्री गर्दै आएको सुचना स्थानीयले दिएपछि महानगरको टोलीले नियन्त्रणमा लिएको मेयर सिंहले बताए ।

महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने पनि बताए । उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न पनि आग्रह पनि गरे ।

वीरगन्ज २८ का यसवा जितेन्द्र पटेलका अनुसार , ददर्वा स्थित गुठीको करिब २ ििबघा क्षेफल भएको जग्गाको माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका थिए ।त्यसका कारण ठेक्का लिएर माटो बेच्ने चन्द्रिकालाई महानगरले कारबाही गर्नु पर्ने उनको माग छ ।

पटेलले भने, ‘यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उनीहरुलाई कारवाही गर्नुपर्छ ,कारवाही मात्रै गरेर पुग्दैन ,अहिलेसम्म खनेको झण्डै २ विघा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि उनिहरुबाट असुल्नुपर्छ ।सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय पटेलको भनाई छ ।

गुठीको जग्गामा भइरहेको अवैध उत्खनन् बारे पटकपटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीय विक्रम पटेलको आरोप छ । उनले भने,‘ प्रहरीले बेवास्ता गरेपछि मेयर साबलाई खबर गरेका हौं ।

महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको उनले बताए । उनले भने, ‘यहाँ कसैले माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेचीरहेका छन् भने कसैले त्यही जग्गामा पोखरी खनेर माछापालन गरीरहेका छन् ।’ पटेलकाअनुसार १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो भएको पटेलको आरोप छ ।

Related posts

वीरगन्जमा भाटभटेनी सुपर मार्केटको उद्घाटन चैत ९ गते

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

MadhesKhabar

वीरगन्जको नबिल बैंकबाट एक करोड भन्दा बढी रकम चोरी, कर्मचारीको मिलोमतो रहेको आशंका

MadhesKhabar

Leave a Comment