Madhes Khabar
स्थानिय हेडलाइन

फेसबुक र टिकटकमा असमाजिक र अराजक गतिविधी गर्ने वीरगन्जका पटेल पक्राउ

वीरगन्ज,०१असोजःफेसबकु,इन्स्टाग्राम,टिक्टक् लगायतका सामाजिक सञ्जालमा असमाजिक र अराजक फोटो र भिडिो पोष्ट गर्ने एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवाका २१ वर्षिय ओमकुमार पटेल रहेका छन् । उनलार्ई प्रहरीले ववीरगन्ज–१५ प्रतिमा चोकबाट मंगलबार पक्राउ गरेको हो ।

फेसबुक, टिकटक, ह्वाट्सअप,ट्वीटर र मेसेन्जरमा ‘kings of parsa’ नामको आइडी बनाएर पटेलले अपशब्द प्रयोग गर्ने, गाली गर्ने,हाततियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधी गरि समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेको उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।पटेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको भारतीले बताए ।

सामाजिक सञ्जालमा यस्ता असमाजिक र अराजक गतिविधि गरिरहेका अन्य व्यक्तिहरूकोपनि पहिचान भैसकेको हुँदा उनिहरुको प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । साथै यस्ता गतिविधीहरू नगर्न सार्वजनिक अनुरोध गर्दै भारतीले यदी गरेको पाइएमा कानून बमोजिम कारबाही गरिनेपनि बताए ।

Related posts

सुकुम्वासीलाई लालपूर्जा दिदाँ जेल जान परेपनि तयार छु : अध्यक्ष अहमद

MadhesKhabar

एमडीसंगै पक्राउ परेका ल्याब प्रमुख साहलाई रिहा गर्न चिकित्सक संघको अल्टिमेटम

MadhesKhabar

महानगरका वडाअध्यक्षहरुको गुनासो : कर्मचारी हटाउदा वीरगन्जको सरसफाई प्रभावित भयो

MadhesKhabar

Leave a Comment