Madhes Khabar
शिक्षा

सामुदायिक विद्यालय सुधार्न महानगर लागिपरेकाे छ: मेयर सिंह

मधेखबर
वीरगन्ज ,९चैत : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् ।

बिहीबार वीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको पनि उपस्थिति थियाे ।

Related posts

वीरगन्जका हरेक विधालयमा सुचना अधिकारी तोक्न महानगरको निर्देशन

MadhesKhabar

ठाकुरराममा पैसा लिएर परीक्षा पास गराउने धन्दाको फेरि अर्को खुलासा

MadhesKhabar

चिसो बढ्दै गएपछि वीरगन्जका विद्यालयहरुमा थप तीन दिन जाडो विदा

MadhesKhabar

Leave a Comment