Madhes Khabar
राजनीति

राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं,१७फागुन : नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको र पार्टीका सांसदहरूलाई निर्देशन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले सरकारमा जाने विषयमा भने अहिले कुनै छलफल नभएको बताए । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनभन्दा अगाडि सरकार गठन हुँदैन । अहिले त्यही निर्वाचनमात्रै हो,’ उनले भने, ‘सरकार गठनको विषय त्योभन्दा पछि छलफल गरे हुने विषय हो । हामी सरकारमा सहभागी हुने विषयमा सकारात्मक छौं । तर अहिले त्यस्तो कुनै निर्णय भएको छैन ।’

उनले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीले गरेको निर्णयमा पार्टीभित्र कुनै मतभेद नभएको समेत दाबी गरे ।साभारः कान्तिपुर

Related posts

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीपले गरेका काम नै उनको जित्ने आधार हो

MadhesKhabar

Leave a Comment