Madhes Khabar
राजनीति

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव

काठमाडौं,९फागुन : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र अनिल झालाई पनि लिएर बालुवाटार पुगेका लोसपा नेता सर्वेन्द्रनाथ शुक्लाले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

‘गणतन्त्र, संघीयताको पक्षमा आवाज उठाउने र १२ बुँदे सहमतिदेखि नै यस दिशामा काम गरेको मान्छे महन्थ ठाकुरजी हुनुहुन्छ’ महन्थ ठाकुरसँगै बालुवाटार पुगेका नेता शुक्लाले भने, ‘उहाँको स्वच्छ छवि छ । उहाँ यसको लागि उपयुक्त पात्र हुनुहुन्छ । त्यसैले उहाँलाई राष्ट्रिय सहमतिको पात्रका रुपमा अगाडि बढाइयोस् भन्न हामी गएका थियौं ।’

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावमा आफू सकरात्मक रहेको जवाफ दिएको शुक्लाले बताए । ‘तपाईंहरुले नभनेको भए पनि मैले महन्थजीका बारेमा सोचेकै हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै शुक्लले भने, ‘म सकारात्मक छु, अरु ठूलो दलसँग पनि कुरा गर्नुहोस् ।’

आफूहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गर्ने शुक्लले बताए । एमाले अध्यक्ष ओलीसँग मंगलबार नै र कांग्रेस सभापति देउवासँग बुधबार भेटघाट तय भएको उनको भनाइ छ ।साभार : अनलाइनखबर

Related posts

जेनजी आन्दोलनपछि वीरगन्जमा जनमत पार्टीको क्रेज बढ्दै गएको अध्यक्ष सर्राफको दाबी

MadhesKhabar

बारा २ मा मंसिरको भन्दा बढि मतदान , गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप

MadhesKhabar

बारामा काँग्रेसको विवाद छताछुल्ल : चौधरी र मंसुर पक्षद्धारा छुट्टाछुट्टै नाम सिफारिस

MadhesKhabar

Leave a Comment