Madhes Khabar
शिक्षा

पटेर्वासुगौली गाँउपालिका शिक्षक संघको अध्यक्षमा सुनिता चौधरी चयन

मधेसखबर
वीरगन्ज,३फागुन : पर्साको पटेर्वासुगौली गाँउपालिकामा नेपाल शिक्षक संघको दोस्रो स्थानीय अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले सुनिता चौधरीको अध्यक्षतामा कार्यक्रममा शिक्षक संघको २२ सदस्य पालिका समिति चयन गरेको छ ।संघको महिला उपाध्यक्षमा इन्दिरा दाहाल, उपाध्यक्षमा लक्ष्मीनारायण ओझैया , सचिवमा इन्द्र प्रसाद गौतम लगायत चयन भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहमा शिक्षक संघ प्रति आस्था राख्ने १ सय १० जनालाई दोशला ओढाएर सम्मान पनि गरिएको थियो ।
त्यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता एंव पुर्वमन्त्री सुरेन्द्र चौधरीले मुलुकमा अहिले शिक्षाको अवस्था नाजुक भएकाले यसलाई सुधार्न सबै पक्ष गम्भिर भएर लाग्नु पर्ने बताए । उनले शिक्षा क्षेत्रबाट नै नेता , सांसद , मन्त्री, प्रधानमन्त्री बनेको इतिहास रहेकाले शिक्षा मुलुकको पहिलो प्राथमिकता बन्नु पर्ने बताए । कुनै पनि शिक्षकको रोजीरोटी कसैले खोस्न नुहने भन्दै उनले सबैको ब्यवस्थापन हुने किसिमको शिक्षा ऐन बनाउन सुझाव दिनु भयो ।

पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले शिक्षाको क्षेत्रमा आफुले विभेद नगरेको बताए ।स्थानीय सरकारले दिनुपर्ने सुविधा पालिकाबाट दिदै आएको भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्न सबै शिक्षकलाई निर्देशन पनि दिए ।नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदिप कुमार जैसवालले सरकारले शिक्षामा विभेद गरेको गुनासो गरे । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले शिक्षक माथि विभेद र अन्याय भए महासंघ चुप लागेर नबस्ने बताए ।

पटेर्वा सुगौली गाउँ पालिकाका नेपाल शिक्षक संघका अध्यक्ष हरिराज यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महतो,प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव ,वडा अध्यक्ष विजय गैरे, बासु पजियार, शिक्षक संघकी पालिका उपाध्यक्ष सुनिता चौधरी , नेपाली काँग्रेसका जिल्ला सदस्य शैलेन्द्र यादव,काँग्रेस नेता प्रमेश्वर महतो,राहत शिक्षक संघका जिल्ला अध्यक्ष श्याम कुमार घिमिरे, पुर्व प्रधानाध्यापक महेन्द्र चौधरी लगायतको सहभागिता थियो ।

 

Related posts

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

वीरगन्जका विद्यालयहरु सञ्चालनका लागि भाेलिदेखि तयारी थाल्न महानगरपालिकाकाे निर्देशन

MadhesKhabar

Leave a Comment