Madhes Khabar
राष्ट्रिय

माओवादी जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं,२९माघ : सरकारले माओवादीको जनयुद्ध दिवसमा भोलि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो बसेको संघीय सरकारको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

विक्रम संवत २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारले जनाएको छ ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।

Related posts

बम बिस्फोट हुदा दुइ बालिकाको मृत्यु ,तीन घाइते

MadhesKhabar

भारतमा भएको उपचार खर्च आफैंले व्यहोर्ने राष्ट्रपति पौडेलको चाहना

MadhesKhabar

ईन्टरनेट सेवा अवरुद्ध हुन नदिन निर्वाचन आयोगको संचार मन्त्रालयलाई निर्देशन

MadhesKhabar

Leave a Comment