Madhes Khabar
राष्ट्रिय

भारतमा भएको उपचार खर्च आफैंले व्यहोर्ने राष्ट्रपति पौडेलको चाहना

काठमाडौं,१९बैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् ।राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।

उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।साभार : अनलाइनखबर

Related posts

नारायणगढ–मुग्लिन सडक आइतबार देखि बन्द नहुने

MadhesKhabar

वीरगन्जमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजपनि आएन फैसला

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

MadhesKhabar

Leave a Comment