Madhes Khabar
राष्ट्रिय हेडलाइन

विकासकाे नाममा डाेजर आतंक बन्द हुनुपर्छ : मन्त्री यादव

मधेसखबर
वीरगन्ज,२५ भदाैं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन्।

पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिरोको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए।

उनले भने, ‘सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ।’ उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँगसँगै विनास निम्त्याएको उल्लेख गरे।

‘म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास ननिम्तियोस्,’ उनले भने, ‘हामीले गरेका विकासले दीर्घकालीन रुपमा सेवा देओस् तर हाम्रा विकासले विनासको जोखिम नल्याओस्।’ जलवायु परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायु परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

विशेषगरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारका तर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नुपर्ने मन्त्री यादवको जोड थियो। सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाहअनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो।रासस

Related posts

पर्सामा पनि बाघको संख्या दोब्बर भन्दा बढिले वृद्धि

MadhesKhabar

ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता

MadhesKhabar

सखुवाप्रसौनीका अध्यक्ष यादवको अग्रसरतामा कक्षा ११ का छात्राहरुलाई साइकल वितरण

MadhesKhabar

Leave a Comment