Madhes Khabar
स्थानिय हेडलाइन

गहवामाई रथ यात्राकाे अवसरमा वीरगन्जमा राेपियाे ९०० विरुवा

वीरगन्ज,२२असार:वीरगन्ज महानगरपालिकाकाे आयाेजनामा शनिबार बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

गहवामाई रथ यात्राकाे दाेस्राे वर्षकाे अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपाेर्टदेखि परवानीपुर जाने ६ लेन सडककाे डिभाइडरमा विभिन्न प्रजातिका ९ सय वटा विरुवा राेपिएकाे हाे ।

साहिब दरबार संस्था र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरकाे सहकार्यमा वीरगन्ज महानगरपालिकाले आयाेजना गरेकाे बृहत वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलेपनि विरुवा राेपेका थिए।बिहानैदेखि लगातार झरी परिरहेको भएपनि वृक्षरोपण कार्यक्रममा उत्साहजनक सहभागीता रहेकाे थियाे।

ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा मेयर सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे वृक्षारोपण कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देव सहाय मीना,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाईका साथै नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना, वीरगन्ज महानगरपालिकाका कर्मचारी ,विद्यार्थी ,सञ्चारकर्मी लगायतको सहभागीता रहेकाे थियाे।

Related posts

‘दाह संस्कार नगर्ने छोरा कसैलाई पनि नपरोस…..’

MadhesKhabar

वीरगन्ज सहित पर्सामा मदिराको बिक्री र सेवनमा प्रतिबन्ध

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

Leave a Comment