Madhes Khabar
राष्ट्रिय

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं,११भदौं:रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिएको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न नेपाली सेना जुटिरहेको छ ।

प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच जोखिम सामना गर्दै सेनाको टोलीले उद्धार गरेको हो ।

प्रधानमन्त्री सचिवालयका अनुसार अहिले पनि सुरूङमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ।

सुरूङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली खटिएको सचिवालयले जनाएको छ।

​त्यस्तै, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ।

सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १/५ को टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुंग, ठूलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

Related posts

वीरगन्ज महाननगरमा गठबन्धनको जित , मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी

MadhesKhabar

देशभरका दुई हजार कैदीले जेल बाहिरै बस्ने सुविधा पाउँदै

MadhesKhabar

जेनजी आन्दोलन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

MadhesKhabar

Leave a Comment