Madhes Khabar
राष्ट्रिय

तीर्थयात्री सवार बस र सुमो ठोक्किदा पाँच जनाको मृत्यु

तस्वीरः अन्नपूर्णपोष्ट बाट

मधेस खबर
वीरगन्ज, २१ बैशाख
: काभ्रेमा बुधबार तीर्थयात्रीहरु सवार रहेको बस र टाटासुमो आपसमा ठोक्किँदा एक बालक सहित पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा १८ जना घाइते भएका छन् ।
काठमाडौँबाट भारत तर्फ फर्कदै गरेको भारतीय तीर्थयात्रीहरु सवार यूपी ५८३ बी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौँतर्फ जादै गरेको ब १च ४२१० नम्बरको टाटा सुमो आपसमा ठोक्कीदा टाटासुमोमा सवार पाँच जनाको मृत्यु भएको हो ।
वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा बस र टाटासुमो ठोक्किएको हो ।
दुर्घटनामा टाटासुमोमा सवार रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनका ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपालीको मृत्यु भएको काभ्रेका प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।
दुर्घटनामा टाटासुमोमा सवार अरु ८ जना र बसमा सवार १० जना तीर्थयात्री गरि १८ जना घाइते भएको जोशीले बताए ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी उनले दिए ।

Related posts

कांग्रेस प्रवक्ता डा. महत भन्छन्– चीनको ऋणमा रेल चलाउन सकिँदैन

MadhesKhabar

चुनावको मुखमा एक दर्जन जिल्लाका सिडीओको सरुवा

MadhesKhabar

म रहरले हाेईन,बाध्यताले प्रधानमन्त्री बनेकी हुँ,६ महिनाभन्दा बढी बस्दिनँ : प्रधानमन्त्री कार्की

MadhesKhabar

Leave a Comment