Madhes Khabar
राष्ट्रिय

राष्ट्रपति र सरकार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने सिके राउतको घोषणा

मधेसखबर
वीरगन्ज,०८ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रपति भण्डारी विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

 

जनमत पार्टीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वन्चित गरेको निष्कर्ष निकाल्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै बैठकले सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नगरेको भन्दै जनमत पार्टीले सरकार विरुद्ध पनि आन्दोलन गर्ने निर्णय गरेको छ ।

आइतबार र सोमबार पालिकाहरुको हरेक वडामा साथै नागरिकताको अधिकार खोसेको विषयका बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि असोज १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन गर्ने र असोज १९ गते राष्ट्रपतिको पुतला दहनको कार्यक्रम गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाकारी दिए ।

 

Related posts

पर्साको पकाहामैनपुर गाँउपालिकामा काँग्रेसको सान्दार जित

MadhesKhabar

चुनावका लागि दुइ दिन मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिने

MadhesKhabar

काठमाडौंको सडकमा २ महिनासम्म धर्ना बस्दापनि सरकारले सुनेन मधेसका पिडितको आवाज

MadhesKhabar

Leave a Comment