
मधेसखबर
वीरगन्ज,०२साउन : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले काठमाण्डौको कोटेश्वरमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सोमबार स्थलगत निरिक्षण गरेका छन् ।
कम्पनिको केन्द्रीय कार्यालयमा पुगेर स्थलगत अवलोकन र निरिक्षण गर्दै उनले त्याहाका कर्मचारीहरुसँग कम्पनिको अवस्था बारे जाानकारी पनि लिए ।
त्यस क्रममा मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने कम्पनिको उत्पादन, प्रसोधन कक्षहरूको अवलोकन गर्नुका साथै कम्पनीमार्फत सन्चालित क्रियाकलाप, उत्पादन, वितरण र त्यहाँका समस्याका विषयमा जानकारी पनि लिए ।

मन्त्री यादवले राष्ट्रियसँगै अन्तराष्ट्रिय बजार समेतमा आफ्नो उत्पादन विक्री वितरण गरिरहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई समस्या रहित बनाउने प्रतिबद्धता पनि जनाए ।उनले अतिक्रमणको समस्या देखि उत्पादन वृद्धि र करको विषयमा उठाईएका विषयहरुलाई गम्भीरता पूर्वक लिएको र यसलाई समाधान गर्न आजैदेखि काम सुरु गर्ने बताए ।

