Madhes Khabar
राष्ट्रिय

रवि लामिछानेको नागरिकता बारे प्रहरीको छानबिन सुरु

वीरगन्ज,१६मंसिर : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले छानबिन सुरु गरेको छ। काठमाडौं प्रहरीले लामिछानेको नागरिकता विवादमाथि छानबिन सुरु गरेको प्रहरीले स्रोतले बताउको छ ।

चितवन क्षेत्र नंबर २ बाट विजयी समेत भइसकेका लामिछाने माथि अमेरीका जादा ’त्याग गरिसकेको’ नेपालको नागरिकताको प्रमाणपत्र बुझाएको आरोप छ। नागरिकता विवादमा मुछिएपछि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि छानबिनका लागि गृहले जिल्ला प्रशासन कार्यालय र प्रशासनले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको थियो। ’गृह, प्रशासन कार्यालय हुँदै छानबिनका लागि पत्र हामीकहाँ आएको छ। नागरिकता विवादमाथि हामीले अनुसन्धान सुरु गरिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

लामिछानेले चितवन–२ मा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। साभार : अन्नपूर्ण पोष्ट

Related posts

आलम हत्यामा जन्मकैदको सजाय पाएका एमालेका पूर्वसांसद प्याशी जेलबाट रिहा

MadhesKhabar

चुनावको मुखमा एक दर्जन जिल्लाका सिडीओको सरुवा

MadhesKhabar

पक्राउ परेका बमजनको घरबाट अहिलेसम्म ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

MadhesKhabar

Leave a Comment