Madhes Khabar
राष्ट्रिय

विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

मधेसखबर
वीरगन्ज, ११ जेठ
:रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
निर्वाचनमा अपेक्षा गरे अनुसार परिणाम नआएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको अध्यक्ष मिश्रले बताएका छन् । उनले अब आफु पार्टीको साधारण सदस्य मात्र रहेको पनि बताएका छन् ।
गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम नआएको उनले बताएका छन् ।
मिश्रको पार्टी विवेकशील साझा पार्टीले काठमाडौं , भरतपुर महना नगर सहित देशका अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो ।
विवेकशील साझा पार्टीले देशभरमा एक पालिका मात्र जितेको छ । बाराको फेटा गाउँपालिका उसले अध्यक्ष र उपाध्यक्ष सहित दुइ वटा वडा जितेको छ । फेटा गाँउपालिकाको अध्यक्षमा विवेकशीलका रुस्तम अन्सारी र उपाध्यक्षमा नीलम साह निर्वाचित भएका छन् ।

फेटा गाँउपालिकामा जित हात पार्नुको पछाडि अन्सारीकै हात रहेको उल्लेख गर्दै मिश्रले भनेका छन् ,‘ बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय त्यस क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ, मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।

Related posts

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्राबधान राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

MadhesKhabar

पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भए रास्वपा सभापति रवि लामिछाने

MadhesKhabar

एमाले उम्मेदवार शीव पटेल भन्छन् – मौन अवधीमा झन् पैसाको चलखेल हुन सक्छ

MadhesKhabar

Leave a Comment